नागढुंगा सुरुङ ठेक्का

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि कम्पनी छनोट गरिएको छ।

सबैभन्दा कम रकम प्रस्ताव गर्ने चिनियाँ कम्पनी चोङकिङ युसिन रोड एण्ड ब्रिज डेभलपमेन्ट र एआरटी कन्स्ट्रक्सनको संयुक्त कम्पनीलाई ठेक्का दिइएको हो।

आयोजनाले कम्पनीलाई सम्झौताका लागि बोलाएको छ र एक हप्ताभित्र प्रक्रिया पूरा गरिनेछ।

यो कम्पनीले अनुमानभन्दा करिब ४० प्रतिशत कम लागतमा काम गर्ने प्रस्ताव गरेको थियो।

२.६५ किलोमिटर लामो सुरुङमार्ग ५ वर्षसम्म सञ्चालन, व्यवस्थापन र मर्मतका लागि कुल करिब १ अर्ब १० करोड रुपैयाँमा जिम्मा दिइएको छ।

यस अनुसार कम्पनीले वार्षिक करिब २२ करोड रुपैयाँमा सम्पूर्ण सेवा सञ्चालन गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *