इलाम सडक पहिरोमा अवरुद्ध

इलामको रोङ गाउँपालिका–४ बाखोरमा पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

आज साँझ अचानक खसेको पहिरोका कारण ताप्लेजुङबाट झापा तर्फ जाने ट्रक बाटोमै रोकिएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ।

घटनामा मानवीय क्षति नभएको र पहिरो पन्छाएर सडक खोल्ने प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *