यातायात सेवामा ढिलाइ, बिचौलिया र झन्झटले नागरिक लामो समयदेखि हैरान हुँदै आएका छन्।
नयाँ सरकारले सुशासन र डिजिटल सेवामा जोड दिँदै १०० कामको सूची सार्वजनिक गरेको छ।
स्वास्थ्य, शिक्षा, पूर्वाधारसहित विभिन्न क्षेत्रमा सुधार ल्याउने योजनामध्ये यातायातसँग सम्बन्धित ५ प्रमुख निर्णय समेटिएका छन्।
अब लाइसेन्स प्रक्रिया ‘फेसलेस’ बनाइनेछ, जसले कर्मचारीसँग भेट नगरी सेवा लिन सकिने व्यवस्था हुनेछ।
साथै, लाइसेन्स घरमै डेलिभरी गर्ने गरी हुलाक सेवालाई आधुनिक बनाइने योजना छ।

सार्वजनिक सवारीमा अनिवार्य रूपमा सीसीटीभी र ड्यासक्याम जडान गरिनेछ भने राइड सेयरिङ एपमा एसओएस बटन राखिनेछ।
भन्सारमा थन्किएका सवारी साधनको विवरण संकलन गरी छिट्टै लिलामी प्रक्रिया अघि बढाइनेछ।
महिलाको सुरक्षित यात्राका लागि सातै प्रदेशमा ‘ब्लू बस’ सञ्चालन गरिनेछ।
पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा ब्लू बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
Post Views: 122