आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्ट पक्राउ परेका छन् । कलंकीको मकालु पट्रोल पम्म नजिकैको सडक डिभाइडरमाथी गाडी चढाएपछि उनी पक्राउ परेका हुन् ।
गाडी दुर्घटना गराएपछि उनी भाग्ने प्रयास गरेका थिए । भाग्ने क्रममा उनलाई सर्वसाधारण जनताहरुले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् । कार्यकारी निर्देशक भट्टले प्रयोग गर्ने बाग्मति प्रदेश ७६५४ नम्बरको टोयोटा र्याभ फोर मोडलेको गाडी दुर्घटनामा परेको हो ।