एमजीले अत्याधुनिक प्रविधिसहित नयाँ हाइब्रिड कारहरू विकास गरिरहेको छ। यी कारमा इलेक्ट्रिक टर्बो र विशेष मोटर प्रयोग गरिनेछ, जसले आवाज कम गर्दै गाडीको क्षमता र दक्षता बढाउनेछ।
नयाँ ‘हाइब्रिड प्लस’ प्रणाली जर्मनीको फ्रान्कफर्ट इन्जिनियरिङ केन्द्रमा विकास भइरहेको छ र सम्भावित रूपमा आउँदै गरेको एमजी एस ९ प्लग–इन हाइब्रिड कारमा पहिलोपटक प्रयोग हुनेछ।
विद्युतीय कारहरूमा सुधार गर्दै एमजीले ‘सेमी-सॉलिड स्टेट’ नयाँ ब्याट्री यस वर्ष युरोपमा एमजी ४ उच्च संस्करणमा प्रयोग गर्ने योजना बनाएको छ।
यो ब्याट्री छिटो चार्ज हुने, बढी ऊर्जा सञ्चय गर्ने र सुरक्षित हुने गरी डिजाइन गरिएको छ।
नयाँ डिजिटल ड्याम्पिङ प्रविधिले कम्पन घटाएर गाडीलाई शान्त र आरामदायी बनाउँछ।
१.८३ किलोवाट घण्टाको ठूलो ब्याट्रीले हाइब्रिड प्रणालीलाई सहयोग पुर्याउँछ।
एमजीले भविष्यका गाडीहरूलाई शक्तिशाली, सहज, शान्त, सुरक्षित र ऊर्जा-दक्ष बनाउने लक्ष्य राखेको छ।