हेटौंडामा टोयोटा अनुभव

नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.ले टेस्ट ड्राइभ तथा एक्सचेन्ज कार्यक्रम आयोजना गर्न लागेको छ।

चैत १२ देखि १४ गते हेटौंडाको मेन रोडस्थित कफि वारमा “Experience Toyota” कार्यक्रम सञ्चालन हुनेछ।

यस कार्यक्रममा हेटौंडा क्षेत्रका ग्राहकले टोयोटाका विभिन्न मोडेलका गाडी प्रत्यक्ष हेर्न र टेस्ट ड्राइभ गर्न सक्नेछन्।

साथै हरेक गाडी खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसेसरिज, फ्री इन्सुरेन्स, बैंकिङ सुविधा, रोड ट्याक्स र आकर्षक उपहार उपलब्ध हुने कम्पनीले जनाएको छ।

कार्यक्रम अवधिभर ग्राहकहरूले टेस्ट ड्राइभ गर्दा उपहार पाउनेछन् र युटिएसले प्रदान गर्ने सेवाहरू र सुविधाबारे जानकारी लिन सक्नेछन्।

युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.ले हेटौंडा र आसपासका सम्पूर्ण ग्राहक तथा सम्भावित खरिदकर्तालाई कार्यक्रममा सहभागी भई टोयोटा गाडी अनुभव गर्न निमन्त्रणा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *