Skip to content
काठमाडौँ — नेपालमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को संकट गहिरिँदै जाँदा करिब २७ लाख सेवाग्राही मर्कामा परेका छन्।
सन् २०२२ देखि नै ट्रायल पास गरेर वा नवीकरणका लागि राजस्व बुझाएर बसेका चालकहरूले अझैसम्म स्मार्ट कार्ड पाउन सकेका छैनन्।
हाल देशभरका ४२ वटा यातायात व्यवस्था कार्यालयहरूबाट सेवा लिइरहेका उनीहरू राजस्व तिरेको सामान्य रसिद (चिर्कटो) बोकेर सडकमा निस्कन बाध्य छन्।

यसरी रसिद मात्र बोकेर सवारी चलाउँदा ट्राफिक प्रहरीको अनावश्यक केरकार र झन्झट खेप्नुपरेको सेवाग्राहीको गुनासो छ।
यातायात व्यवस्था विभाग संघ सरकार मातहत र कार्यालयहरू प्रदेश सरकार मातहत हुँदा समन्वयको अभावले यो समस्या बल्झिएको हो।
विज्ञहरूले बैंकले एटीएम कार्ड तुरुन्तै दिए जस्तै लाइसेन्स पनि २४ घण्टाभित्रै उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन्।
Post Views: 84