चितवन – हिमालयन राइडर्सले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चितवनदेखि डोल्पासम्म मोटरसाइकल राइड सुरु गरेको छ।
१२५० किलोमिटर लामो यो राइडको उद्घाटन चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले बुधबार बिहान गरेका हुन्।

चितवनबाट सुरु भएको यो यात्रा ६ दिनसम्म चल्नेछ र बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका १५ जिल्लामा पुग्नेछ।

टोलीले चितवन, तनहुँ, कास्की, पर्वत, बागलुङ, रुकुम पूर्व–पश्चिम, डोल्पा, जाजरकोट, सल्यान, दाङ, कपिलवस्तु, रूपन्देही र नवलपरासी क्षेत्रको भ्रमण गर्नेछ।
आयोजक अमृत जोशीका अनुसार यो राइडले नेपालका पहाडी तथा हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नुका साथै ओझेलमा परेका गन्तव्यलाई चिनाउन मद्दत गर्नेछ।
साथै, यस कार्यक्रमले सडक सुरक्षा सम्बन्धी सन्देश फैलाउन पनि सहयोग गर्ने अपेक्षा गरिएको छ।

यो राइड चितवन उद्योग वाणिज्य संघ, नासा बागमती प्रदेश र चितवन अटोमोबाइल एसोसिएसनको सहकार्यमा आयोजना गरिएको हो।
Post Views: 183