Skip to content
नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक गाडीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि मोटर्सले ‘एक्टेन्डेड वारेन्टी कार्यक्रम’ सुरु गरेको छ।
यो योजना नामी बक्स र नामी भिगो मोडलमा लागू हुने कम्पनीले जनाएको छ।
अब यी मोडलका ब्याट्री र मोटरमा ११ वर्ष वा २ लाख ५० हजार किलोमिटरसम्म (जुन पहिले पुग्छ) वारेन्टी पाइनेछ।
यसअघि भने ८ वर्ष वा २ लाख किलोमिटरसम्म मात्र स्ट्यान्डर्ड वारेन्टी उपलब्ध थियो।
नयाँ योजनाले थप ३ वर्ष वा ५० हजार किलोमिटर अतिरिक्त सुरक्षा दिँदै ग्राहकलाई दीर्घकालीन भरोसा दिने कम्पनीको दाबी छ।
कम्पनीका प्रबन्ध निर्देशक विवेक सिकारियाले ग्राहक-केन्द्रित सेवाअन्तर्गत यो कार्यक्रम ईभी स्वामित्वलाई अझ सुरक्षित र निश्चिन्त बनाउने कदम भएको बताए।
डोङफेङ मोटर कर्पोरेशन चीनको प्रमुख सरकारी अटो निर्माता हो र विश्वका १०० भन्दा बढी देशमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ।
इच्छुक ग्राहकहरूले डोङफेङ नेपालको आधिकारिक वेबसाइटमार्फत दर्ता गरेर कार्यक्रममा सहभागी हुन सक्ने कम्पनीले जानकारी दिएको छ।
Post Views: 113