Skip to content
यती एयरलाइन्सले प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन फागुन २१ गते सबै आन्तरिक उडान सेवा स्थगित गर्ने निर्णय गरेको छ।
कम्पनीले जारी गरेको सूचनाअनुसार, देशभर हुने मतदानलाई ध्यानमा राख्दै उक्त दिनका सम्पूर्ण घरेलु उडान रद्द गरिएको हो।
फागुन २२ गतेदेखि भने नियमित उडान सेवा पुनः पूर्ववत् सञ्चालनमा आउने कम्पनीले जनाएको छ।
उडान रोकिँदा यात्रुहरूलाई पर्ने असुविधाप्रति कम्पनीले क्षमा माग्दै लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन सबैलाई आग्रह गरेको छ।
Post Views: 99