Skip to content
फागुन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा झन्डै १० हजार उडान भएका छन्।
विमानस्थल कार्यालयका अनुसार उक्त अवधिमा कुल ९ हजार ८१६ उडान सञ्चालन भए। तीमध्ये २ हजार ७९९ अन्तर्राष्ट्रिय र ७ हजार १७ आन्तरिक उडान रहेका छन्।
अन्तर्राष्ट्रिय तर्फ १ हजार ३९४ उडान काठमाडौंबाट बाहिरिएका थिए भने १ हजार ४०५ उडान काठमाडौंमा अवतरण भएका थिए।
आन्तरिक उडानतर्फ ३ हजार ५११ उडान प्रस्थान गरेका र ३ हजार ५०६ उडान अवतरण भएको तथ्यांकमा उल्लेख छ।
विमानस्थलमा यात्रु आवागमन बढ्दै जाँदा उडान संख्या पनि उल्लेख्य रूपमा बढेको देखिएको छ।
Post Views: 68