Skip to content
संखुवासभामा निर्माण हुँदै गरेको बेलिब्रिज भाँचिदा सिमेन्ट बोकेको एउटा ट्रक अरुण नदीमा खसेको छ।
पुलमा भार धेरै परेकोले ब्रिजले त्यो तौल सम्हाल्न नसकेको प्रहरीले बताएको छ।
यो घटना मकालु गाउँपालिका–५ को नुम–सेदुवा सडक खण्डमा भएको हो, जसका कारण सो मार्गमा आवतजावत अहिले ठप्प भएको छ।
ट्रक चालक ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएका छन् र प्राथमिक उपचारपछि उनलाई काठमाडौं लैजाने तयारी भइरहेको छ।
ब्रिज भाँचिँदा स्थानीयहरू र सामान ढुवानीमा पनि प्रभाव परेको छ, र अब पुल मर्मतका लागि वैकल्पिक व्यवस्था मिलाइरहेको जिल्ला प्रहरीले जनाएको छ।
Post Views: 70