निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको मतदानका दिन फागुन २१ मा केही सवारी साधनलाई पास बिना नै चल्न पाउन छुट दिने निर्णय गरेको छ।
यस प्रबन्धअनुसार दमकल, एम्बुलेन्स र शववाहनले पास आवश्यक नपरी चल्न पाउने भएका छन्।
खानेपानीका ट्यांकर, दुध तथा तरकारी, माछा, मासु र पेट्रोलियम पदार्थ बोक्ने सवारी साधन पनि पास बिना संचालन गर्न पाइने व्यवस्था गरिएको छ।
दूरसञ्चार, खानेपानी, विद्युत् र ढल मर्मत गर्ने सवारी तथा अस्पतालका स्वास्थ्यकर्मी ओसारपसार गर्ने सवारीलाई समेत पास आवश्यक नपर्ने जनाएको छ।
अन्तर्राष्ट्रिय र आन्तरिक हवाई यात्रु ओसार्ने सवारी, गर्भवती महिला र अपाङ्गता भएका मतदातासँगै एक सहयोगी बोकेका सवारी पनि बिना पास चल्न पाउने व्यवस्था गरिएको छ।
आयोगले काठमाडौं, भक्तपुर र ललितपुरका लागि साझा सवारी पास जारी गर्न एकीकृत डेस्क पनि स्थापना गरेको छ।
Post Views: 76