खाडी उडान ठप्प

खाडी क्षेत्रमा बढ्दो तनावका कारण त्यहाँको आकाश मार्ग अस्थायी रूपमा बन्द भएपछि काठमाडौंबाट हुने खाडी मुलुकका अधिकांश उडानहरू रद्द भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार, यूएई, साउदी अरब लगायत गन्तव्यमा जाने यात्रुहरू अलपत्र परेका छन्। धेरै यात्रु वैदेशिक रोजगारीका लागि जान लागेका थिए भने केही बिदाबाट फर्किन लागेका थिए।

कतार एयरवेज, फ्लाइ दुबई, हिमालय एयरलाइन्स तथा नेपाल एयरलाइन्सका सम्बन्धित उडानहरू अर्को सूचना नभएसम्म स्थगित गरिएको जनाइएको छ।

एयरलाइन्सहरूले यात्रुहरूलाई टिकट परिवर्तन वा मिति सार्ने सुविधा दिने बताएका छन्, तर कहिलेदेखि नियमित उडान सुरु हुन्छ भन्नेबारे स्पष्ट जानकारी आएको छैन।

स्थिति सामान्य भएपछि मात्रै उडान सञ्चालन हुने विमानस्थल स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *