तेल मूल्य बढ्ने सम्भावना

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि खाडी क्षेत्रमा तनाव बढेको छ र त्यसले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्ने सम्भावना देखिएको छ।

इरान पनि जवाफी क़दम चालिरहेको र खाडी मार्ग “स्ट्रेट अफ हर्मुज” मा असर पर्न सक्ने भएपछि पेट्रोल–डिजेलजस्ता इन्धनका मूल्य बढ्न सक्छ।

विशेषज्ञका अनुसार बजार खुल्नेबित्तिकै तेलको मूल्य प्रति ब्यारेल ३–५ डलरसम्म बढ्ने संकेत देखिएको छ, जसले ग्याँसको मूल्यमा पनि प्रभाव पार्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *