हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (IPO) पाइपलाइनमा प्रवेश गरेको छ।
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त यस हायर पर्चेज संस्थाले २०८२।०८।१२ मा सम्पन्न वार्षिक साधारण सभाको निर्णय अनुसार IPO का लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो।
फागुन १३ गते प्रकाशित “IPO Pipeline” सूचीमा कम्पनीको आवेदन “Other” वर्गमा सुचिकृत गरिएको छ।
कम्पनीले २० लाख ७५ हजार कित्ता शेयर प्रति कित्ता रु. ३५८.८५ मा प्रिमियम मूल्यमा जारी गर्ने योजना प्रस्तुत गरेको छ।
प्राथमिक निष्काशनको निष्काशन प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।