बागलुङ बस दुर्घटनामा मृत्यु

बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते भएका छब्बीस जनामध्ये एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा अमन बोहोरा रहेका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये छ जनालाई थप उपचारका लागि पोखराको गण्डकी अस्पताल पठाइएको छ।

बाँकी धेरै घाइतेहरूको धौलागिरि प्रादेशिक अस्पताल, बागलुङमा उपचार भइरहेको छ।

गम्भीर घाइते आयुष बोहोरा, आयान बोहोरा, निकित किसान र सोलुमन रसाइलीलाई मणिपाल शिक्षण अस्पताल पठाइएको छ।

त्यस्तै सुजल छन्त्याल र सङ्गम किसानलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

दुर्घटना मध्यपहाडी राजमार्गबाट स्कुल बस खसेपछि भएको हो।

रामरेखामा रहेको न्यू एभरेष्ट एकेडेमीका विद्यार्थी बोकेको ग तीन च आठ छ दुई एक नम्बरको बस लोकमार्गबाट रातमाटातर्फ जाँदै गर्दा नेपालभाषा मंका खल बागलुङको भवन नजिकै दुर्घटनामा परेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *