चीनको अग्रणी अटोमोबाइल कम्पनी जिलि अटो ग्रुपले नेपालमा उपलब्ध जिलि ईएक्स ५ विद्युतीय एसयूभीमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी सुविधा उपलब्ध गराएको छ।
यस प्रविधि स्तरोन्नतिले गाडीको डिजिटल प्रणालीलाई अझ आधुनिक बनाउँदै नेपाली विद्युतीय सवारी बजारमा जिलिको उपस्थितिलाई थप बलियो बनाएको छ।
एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्टले चालकको स्मार्टफोनलाई गाडीको डिस्प्लेसँग सहज रूपमा जोड्छ।
यसमार्फत चालकले फोन नछोई सिरी वा गुगल असिस्टेन्ट प्रयोग गरेर कल गर्न, सन्देश पठाउन, नेभिगेसन लिन र संगीत सुन्न सक्नेछन्, जसले ड्राइभिङलाई सुरक्षित र सहज बनाउँछ।
सफ्टवेयर अपडेटमार्फत उपलब्ध यो प्रणालीले मोबाइलको परिचित इन्टरफेसलाई गाडीको स्क्रिनमा देखाउँछ।
ठूला आइकन र सजिलो लेआउटका कारण म्याप्स, संगीत, पोडकास्ट र म्यासेजिङ एपहरू ड्राइभ गर्दा सजिलै प्रयोग गर्न सकिन्छ।
ब्लुटुथको तुलनामा यसले राम्रो ध्वनि गुणस्तर पनि प्रदान गर्छ।
यसका साथै गुगल म्याप्स, एप्पल म्याप्स वा वेजमार्फत रियल–टाइम ट्राफिक जानकारी लिन सकिने भएकाले यात्राको योजना अझ प्रभावकारी हुन्छ।
टचस्क्रिन, स्टेयरिङका बटन र माइक्रोफोनसँग पूर्ण रूपमा जोडिएको यो प्रणालीले प्रयोगमैत्री ड्राइभिङ अनुभव दिन्छ।
अन्तर्राष्ट्रिय बजारमा उच्च मागपछि सुरु गरिएको यो सुविधा अब नेपाली ग्राहकका लागि पनि लागू गरिएको हो, जसले जिल्लि ईएक्स ५ लाई प्रविधि र सुविधाको हिसाबले अझ आकर्षक बनाएको छ।
Post Views: 236