स्कोडाको नयाँ इन्ट्री–लेभल एसयूभी कायलाक ले भारत NCAP क्र्यास टेस्टमा फाइभ–स्टार रेटिङ प्राप्त गर्दै सुरक्षा मामिलामा स्कोडा इन्डियाको बलियो प्रतिबद्धता पुष्टि गरेको छ।
भारत NCAP मा परीक्षण हुने स्कोडाको यो पहिलो मोडल हो।
कायलाकले एडल्ट अक्युपेन्ट प्रोटेक्शनमा ३०.८८ अंक र चाइल्ड अक्युपेन्ट प्रोटेक्शनमा ४५.०० अंक हासिल गर्दै आफ्नो सेग्मेन्टकै सबैभन्दा सुरक्षित एसयूभीमध्ये एक को पहिचान बनाएको छ।
बेस भेरियन्टदेखि नै ६ एयरब्याग सहित २५ भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचर उपलब्ध हुनु यसको मुख्य विशेषता हो।
बाल सुरक्षामा कायलाकले उत्कृष्ट प्रदर्शन गरेको छ।
फ्रन्टल अफसेट क्र्यास टेस्ट र साइड इम्प्याक्ट टेस्टमा पूर्ण अंक प्राप्त गर्दै चाइल्ड सीट मूल्यांकनमा पनि उच्च नतिजा ल्याएको छ। यसले परिवारका लागि कायलाकलाई सुरक्षित र भरपर्दो विकल्प बनाएको छ।
यस सफलताले स्कोडा कुशाक र स्लाभिया ले ग्लोबल NCAP मा फाइभ–स्टार पाएको सुरक्षा परम्परालाई निरन्तरता दिएको छ।
सुरक्षासँगै कायलाकमा आरामदायी डिजाइन, आधुनिक प्रविधि र दैनिक प्रयोगमा उपयोगी फिचरहरू को राम्रो संयोजन रहेको छ।
नेपालमा यसको लन्चको प्रतीक्षा बढ्दो छ। उच्च सुरक्षा स्तर, आकर्षक डिजाइन र उन्नत सुविधाका कारण कायलाकले नेपाली इन्ट्री–लेभल एसयूभी बजारमा नयाँ मापदण्ड बनाउने अपेक्षा गरिएको छ।