शंखरापुर बस दुर्घटना

काठमाडौंको शंखरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटनामा तीन जनाको ज्यान गएको छ।

दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको पहिचान खुल्न बाँकी छ।

जर्सिङपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्किँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खसेको थियो। बसमा करिब ४० जना सवार थिए।

दुर्घटनामा ३० जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

घटनापछि सबै घाइतेलाई उद्धार गरी साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल र पिपुल्स लाइफ केयरसहितका अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *