विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मूलपानी–तितौरे ९ किलोमिटर सडक खण्डमा कालोपत्र सुरु गरिएको छ।
पहिलो चरणमा तितौरेदेखि दानविसौनासम्मको सडक कालोपत्रको काम पूरा भइसकेको छ।
यसअघि गणेशथान घुम्ती–निरयघाट र ओढारचौर–ढोडेनी सडक पनि कालोपत्र भइसकेका छन्।
नगरप्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार, सडक स्तरोन्नति र कालोपत्रका लागि विश्व बैंकले बागलुङ नगरपालिकासहित देशभरका १७ स्थानीय तहलाई अनुदान उपलब्ध गराएको हो।
उक्त परियोजनाअन्तर्गत ४९ करोड २२ लाख रुपैयाँको लागतमा निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरिएको छ।