मूलपानी–तितौरे कालोपत्र सुरु

विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मूलपानी–तितौरे ९ किलोमिटर सडक खण्डमा कालोपत्र सुरु गरिएको छ।

पहिलो चरणमा तितौरेदेखि दानविसौनासम्मको सडक कालोपत्रको काम पूरा भइसकेको छ।

यसअघि गणेशथान घुम्ती–निरयघाटओढारचौर–ढोडेनी सडक पनि कालोपत्र भइसकेका छन्।

नगरप्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार, सडक स्तरोन्नति र कालोपत्रका लागि विश्व बैंकले बागलुङ नगरपालिकासहित देशभरका १७ स्थानीय तहलाई अनुदान उपलब्ध गराएको हो।

उक्त परियोजनाअन्तर्गत ४९ करोड २२ लाख रुपैयाँको लागतमा निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *