टियागो इभी क्रियटिभिटी कार्यक्रम सम्पन्न

काठमाडौंमा टाटा टियागो इभीको ‘सेलिब्रेटिङ क्रियटिभिटी’ अभियान सम्पन्न भएको छ।

यस कार्यक्रम सिप्रदी ट्रेडिङले आयोजना गरेको थियो जसअनुसार विभिन्न विद्यालयका विद्यार्थीहरूले टियागो इलेक्ट्रिक कारलाई केन्द्रमा राखेर चित्रकलाहरू तयार पारे र थापाथलीस्थित शोरुममा प्रदर्शनी गरिएको थियो।

अभियानले विद्यार्थीहरूलाई दिगो यातायात र वातावरणमैत्री प्रविधिबारे सचेत गराउने उद्देश्य राखेको थियो।

विद्यार्थीहरूले इभीका फाइदा र वातावरण संरक्षणको सन्देश आफ्ना कलाहरूमा देखाएका थिए।

प्रदर्शनीमा राखिएका चित्रकला बिक्रीका लागि राखिएका थिए।

बिक्रीबाट आएको रकमको ५० प्रतिशत विद्यार्थीलाई र बाँकी ५० प्रतिशत बीएनके आर्ट क्लबलाई दिने व्यवस्था गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *