कुमारी बैंकको नयाँ हरियो कर्जा

कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सुरु गरेको छ।

यो योजनाअन्तर्गत विद्युतीय बस र माइक्रो बस किन्नेहरूलाई कर्जा उपलब्ध गराइनेछ र डाउन पेमेन्टमा परियोजनाबाट अनुदान पनि पाउने सुविधा दिइनेछ।

इन्धन चल्ने सार्वजनिक सवारीलाई विद्युतीय सवारीमा बदल्न चाहनेले यो कर्जा लिए अनुदान पनि पाउन सक्ने व्यवस्था गरिएको छ।

कर्जा लिन चाहनेले आपूर्तिकर्ताबाट सवारी किन्ने कागजातसहित बैंक शाखामा सम्पर्क गर्नुपर्ने निर्देशन दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *