महिन्द्राका दुई नयाँ एसयूभी

महिन्द्रा एण्ड महिन्द्राले आगामी वर्ष बजारमा दुई नयाँ एसयूभी ल्याउने तयारी गरेको छ। कम्पनीले एक्सयूभी ७ एक्सओ र स्कर्पियो एन फेसलिफ्ट सार्वजनिक गर्ने योजना बनाएको हो।

एक्सयूभी ७ एक्सओ पुरानो मोडलको परिमार्जित संस्करण हुनेछ। यसमा नयाँ डिजाइन, अपडेटेड हेडल्याम्प, तीनवटा स्क्रिन र पेट्रोल तथा डिजेल इन्जिन विकल्प उपलब्ध हुनेछन्।

स्कर्पियो एन फेसलिफ्टमा भने ठूलो इन्फोटेनमेन्ट स्क्रिन, नयाँ डिजाइन, १८ इन्चका पांग्रा र थप आधुनिक सुविधा रहनेछन्।

साथै, यसमा डुअल जोन क्लाइमेट कन्ट्रोल, शक्तिशाली साउन्ड सिस्टम, उन्नत सुरक्षा फिचर र फोर ह्वील ड्राइभ विकल्प पनि समावेश हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *