महामार्गमा रुख कटान सुरु

पूर्व–पश्चिम राजमार्ग विस्तारका क्रममा महोत्तरीमा ६ हजार २७ वटा रुख काटिने भएको छ।

कमला–ढल्केवर–पथलैया सडक विस्तार परियोजनाका प्रमुख राजेशकुमार दासका अनुसार वन कार्यालयदेखि मन्त्रालयसम्मको सबै प्रक्रिया पूरा भएपछि अन्ततः रुख कटान अनुमति प्राप्त भएको हो।

यसै परियोजनाअन्तर्गत महोत्तरी, धनुषा र सर्लाही तीन जिल्लामा कुल ११ हजार ५७७ रुख काट्ने आदेश मिलेको छ।

सर्लाहीमा ३,६७४ र धनुषामा १,८७६ रुख काटिनेछ।

सडक विस्तारपछि शहर तथा बजार क्षेत्रमा ६ लेन र ३१ मिटर चौडाइ कायम गरिनेछ भने अन्य क्षेत्रमा ४ लेन र १८ मिटर चौडाइ रहनेछ।

सबैभन्दा धेरै सालका रुख काटिने भएको जनाएको छ। साथै, विस्तारका क्रममा बिजुलीका पोल सार्ने, खानेपानी पाइप फेरि बिछ्याउने काम पनि ठूलो चुनौती रहेको परियोजना प्रमुखले बताए।

धनुषा र सर्लाहीमा रुख कटान सुरु भइसकेको र महोत्तरीमा पनि चाँडै काम सुरु हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *