अशोक लेल्याण्डको २० दिने Festival Service Campaign सुरु

नेपालमा अशोक लेल्याण्डको आधिकारिक वितरक आई एम ई मोर्टस् प्रालिले दशैं तथा तिहारको अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष “दशैं–तिहार चाडपर्वको यात्रा, सुरक्षित र चुस्त बनाऔं” Festival Service Campaign सञ्चालनमा ल्याएको छ।

२७ सेप्टेम्बरदेखि १६ अक्टोबर २०२६ सम्म सञ्चालन हुने यस २० दिने सर्भिस क्याम्पको आजदेखि औपचारिक सुरुवात गरिएको हो।

अभियान अन्तर्गत अशोक लेल्याण्डका देशभर रहेका १४ वटा ग्राहक सेवा केन्द्रमार्फत ग्राहकहरूले विशेष सेवा तथा सुविधाहरू प्राप्त गर्न सक्नेछन्।

काठमाडौं उपत्यकामा ग्राहकहरूले बालाजुस्थित अशोक लेल्याण्ड – सर्भिस सेन्टरबाट सेवा लिन सक्नेछन् भने उपत्यका बाहिर धनगढी, नेपालगञ्ज, सुर्खेत, दाङ, बुटवल, चितवन, पोखरा, हेटौँडा, बर्दिबास, जितपुर, इटहरी, बिर्तामोड र कटारी लगायतका सेवा केन्द्रबाट आफूलाई पायक पर्ने स्थानमा सेवा लिन सक्नेछन्।

यस २० दिने सर्भिस क्याम्पमार्फत अशोक लेल्याण्डका २,५०० भन्दा बढी व्यावसायिक सवारीसाधनको प्रभावकारी जाँच तथा मर्मतसम्भार गरिनेछ।

अभियानअन्तर्गत Brake Adjustment, श्रम शुल्क, Bumper-to-Bumper Check-up तथा EDC Diagnostic Scan मा १०० प्रतिशत छुट अर्थात् निःशुल्क सेवा उपलब्ध हुनेछ।

साथै, Parts तथा Lubricants मा Flat 15% छुट र AdBlue मा विशेष छुट प्रदान गरिनेछ।

यसका अतिरिक्त, चालकहरूका लागि BS6 Basic Training अन्तर्गत Driver Awareness Program सञ्चालन गरिनेछ।

ग्राहकहरूले नियमित मर्मतसम्भार, Driver Training तथा Battery र Wiring Check-up लगायतका विभिन्न सेवासमेत निःशुल्क प्राप्त गर्न सक्नेछन्।

चाडपर्वको समयमा सवारीसाधनको आवागमन तथा व्यावसायिक गतिविधि बढ्ने भएकाले समयमै सवारीसाधनको जाँच तथा Preventive Maintenance गरी सुरक्षित, भरपर्दो र सहज सञ्चालन सुनिश्चित गर्न अभियानले विशेष जोड दिएको छ।

पछिल्लो समयको मौसम तथा सडकको अवस्थालाई ध्यानमा राख्दै लामो यात्राअघि सवारीसाधनको प्राविधिक अवस्था जाँच गर्नु अझ महत्वपूर्ण रहेको IME Motors का बिक्रीपछिको सेवा महाप्रबन्धक सरद मिश्रले बताउनुभयो।

यस सम्बन्धमा मिश्रले भन्नुभयो, “चाडपर्वको समयमा हाम्रा ग्राहकहरू लामो यात्रामा निस्कनुहुन्छ।

पछिल्लो समयको वर्षा र सडकको अवस्थालाई हेर्दा यात्राअघि सवारीसाधनको उचित जाँच तथा मर्मतसम्भार अझ महत्वपूर्ण हुन्छ।

ग्राहकका सवारीसाधन सुरक्षित र राम्रो अवस्थामा रहून् भन्ने उद्देश्यले नै हामीले यो अभियान सञ्चालन गरेका हौँ। साथै, सम्पूर्ण ग्राहकहरूलाई यस अभियानको लाभ लिन र आफ्नो सवारीसाधन समयमै जाँच गराउन अनुरोध गर्दछौँ।”

ग्राहकको सहजतालाई थप प्राथमिकता दिँदै अभियान अवधिभर शनिबारसमेत सेवा केन्द्रहरू सञ्चालनमा रहनेछन्। “चाडपर्व खुसीको समय हो, त्यसैले सानो प्राविधिक समस्याले यात्राको खुसी नरोकोस्” भन्ने उद्देश्यका साथ ग्राहकहरूलाई समयमै सवारीसाधनको जाँच तथा मर्मतसम्भार गराउन मिश्रले आग्रह गर्नुभएको छ।

नेपालमा सन् २०१६ देखि IME Motors ले विश्वप्रसिद्ध अशोक लेल्याण्डका सवारीसाधनहरू आधिकारिक रूपमा वितरण गर्दै आएको छ।

IME Motors मार्फत नेपालभर अशोक लेल्याण्डका हल्का व्यावसायिक सवारीसाधन (LCV), ट्रक, टिपर तथा बसहरू उपलब्ध छन्।

मजबुती, विश्वसनीयता, आरामदायी यात्रा तथा उत्कृष्ट इन्धन दक्षताका कारण अशोक लेल्याण्डका सवारीसाधनले नेपालसहित विश्व बजारमा समेत आफ्नो बलियो पहिचान स्थापित गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *