चीनको सिचुआन प्रान्तमा रहेको एक अत्याधुनिक कारखानाले विश्वका ईभी ब्याट्रीको स्तर नै फेरि परिभाषित गरिरहेको छ।
यो कारखाना सीएटीएल (CATL) र चांगान अटोमोबाइलको सहकार्यमा बनेको हो, जहाँबाट अहिले गोल्डेन शिल्ड नामको सुरक्षित, टिकाउ र उच्च प्रदर्शन गर्ने ब्याट्री विश्व बजारमा पठाइँदैछ।
२०२२ मा दुवै कम्पनीले संयुक्त रूपमा अर्को पुस्ताका ईभीका लागि उच्च दक्षता भएका ब्याट्री सेल र प्याक उत्पादन गर्न कम्पनी स्थापना गरेका थिए।
सिचुआनको यिबिनमा सञ्चालनमा आएको यो गिगाफ्याक्ट्रीले पहिलो चरणमै वार्षिक ३० GWh उत्पादन क्षमता राखेको छ।
यसले २००० भन्दा बढी रोजगारी सिर्जना गरेको छ र चीनको ईभी आपूर्ति शृंखलामा ठूलो योगदान दिएको छ।
यस कारखानाको सबैभन्दा रोचक पक्ष गति र गुणस्तर हो—
१ सेकेन्डमा १ ब्याट्री सेल उत्पादन
३ मिनेटमा १ ब्याट्री प्याक तयार
६८०० भन्दा बढी गुणस्तर जाँच बिन्दु
हरेक सेलमा १०,०००+ डेटा प्वाइन्ट निगरानी
यस्तो उच्चस्तरीय जाँच सामान्यतया सेमिकन्डक्टर उद्योगमा मात्र देखिन्छ।
गोल्डेन शिल्ड ब्याट्री अत्यधिक ताप, पानी, झट्का र दबाबमा पनि सुरक्षित रहने गरी बनाइएको छ।
नेपालजस्तो स्थान जहाँ सडक कठिन, मौसम बदलिनेजस्ता र चार्जिङ संरचना विकासोन्मुख छन्, यस्तो टिकाउ र सुरक्षित ब्याट्री ईभी प्रयोगकर्ताका लागि धेरै नै महत्त्वपूर्ण मानिन्छ।
कडा मापदण्डमा निर्मित यी ब्याट्रीहरूले दीर्घकालीन सुरक्षा र भरोसा दुवै दिन्छन्।