अर्जुनबहादुर कँडेल, मुख्य प्रबन्धक, नेपाल बैंक लिमिटेड
नेपाल बैंकले चाडपर्वको अवसरमा गाडी खरिद गर्ने ग्राहकहरुलाई लक्षित गर्दै सस्तो ब्याजदरमै सवारी कर्जा (अटो लोन) उपलब्ध गराइरहेको छ । ग्राहकको प्रतिक्रिया कस्तो छ ?
नेपाल बैंकको सवारी कर्जा (अटो लोन) प्रति ग्राहकहरुको प्रतिक्रिया अत्यन्तै राम्रो छ । अहिले नेपाल बैंकबाट अटो लोन लिने ग्राहकको संख्या ह्वात्तै बढेको छ ।
गत भदौमा सम्पन्न दुई ‘अटो शो’ ‘नाइमा शो र नाडा शो’ पछि र अहिले चाडपर्व नजिकिएसगै ग्राहकहरु निकै उत्साहजनक रुपमा अटो लोन लिनका लागि नेपाल बैंक आइरहनुभएको छ ।





