पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनले क्षतिग्रस्त भएका सिंहदरबार परिसरका संरचनाहरू चाँडै पुनर्निर्माण हुने विश्वास व्यक्त गरेकी छन्।
उनले संरचना ध्वस्त भएको देख्दा दुःख लागेको बताएर भविष्यमा यस्ता घटना नहोस् भन्ने कामना गरिन्।
पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्यालय र अन्य क्षतिग्रस्त कार्यालयहरूको अवलोकन गरिन् र प्रधानमन्त्री सुशीला कार्कीलाई भेटिन्।