नाडाको आगामी ४९ औँ वार्षिक साधारण सभासम्बन्धी जानकारी सार्वजनिक गरिएको छ।
एशोसिएसनका अध्यक्ष करण चौधरीको अध्यक्षतामा २०८२ भदौ १९ गते बसेको २२औँ तथा मंसिर १५ गते बसेको २४औँ केन्द्रीय कार्यसमितिको बैठकले नाडालाई महासंघमा रूपान्तरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने निर्णय गरेको हो।
यसअनुसार नाडाको ४९ औँ वार्षिक साधारण सभा २०८२ पुस ९ गते, बुधबार, ललितपुरस्थित ‘द प्लाजा’ मा आयोजन गर्ने निर्णय भएको छ।
निर्धारित समय र स्थानमा सम्पूर्ण सदस्यहरूको उपस्थितिको लागि नाडाले सादर अनुरोध गरेको छ।