ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले मंसिर १४ गते (आइतबार) ‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे–२०८२’ भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रममा कक्षा २ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले नृत्य, गीत, कविता लगायतका विविध प्रस्तुतीमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरे।
सेरेमोनीमा प्रि-स्कुल स्टार, जुनियर स्कुल स्टार, सिनियर स्कुल स्टार र कविता वाचन स्टार गरी चार विधामा प्रतिस्पर्धात्मक प्रस्तुति राखिएको थियो।

कार्यक्रमकी प्रमुख अतिथि गायिका कुन्ती मोक्तानले विद्यार्थीहरूलाई सानै उमेरदेखि प्रतिभा प्रदर्शनको अवसर दिनु विद्यालयको महत्वपूर्ण पहल भएको बताइन्।
उनले यस्ता मञ्चले भविष्यमा विद्यार्थीहरूलाई नेपाली संगीत, नृत्य तथा अन्य सृजनात्मक क्षेत्रमा अघि बढ्न मद्दत गर्ने विश्वास व्यक्त गरिन्।
प्रमुख अतिथिलाई नेपाली संगीत क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप नगदसहित सम्मान पनि प्रदान गरिएको थियो।
प्रधानाध्यापक डीके ढुङ्गानाले विद्यार्थीहरूको क्षमता उजागर गर्न यस्ता कार्यक्रमहरू निरन्तर गरिने बताए। उनले विद्यार्थीहरूले जुनसुकै क्षेत्र रोजे पनि उत्कृष्टता हासिल गर्ने होस् भन्ने शुभकामना व्यक्त गरे।
करिब साढे ३ घण्टा चलेको कार्यक्रममा कुल २८ जना विद्यार्थीलाई आफ्ना–आफ्ना विधामा ‘स्टार विद्यार्थी’को रूपमा सम्मानित गरिएको थियो।
Post Views: 164