नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँले घटाएको छ।
इन्डियन आयल कर्पोरेसनबाट डिजेल र मट्टितेलको मूल्य १.४४ पैसाले घटेसँगै निगमले पनि मूल्य समायोजन गरेको हो।
पेट्रोलको मूल्य भने यथावत रहेको छ। नयाँ मूल्य सोमबार बिहान १ बजेदेखि लागू हुनेछ।
यस अनुसार, १४४.५० रुपैयाँ पर्ने डिजेल/मट्टितेलको मूल्य अब १४३.५० रुपैयाँ, १४६ रुपैयाँ पर्ने मूल्य १४५ रुपैयाँ, र १४७ रुपैयाँ पर्ने मूल्य १४६ रुपैयाँ हुनेछ।
त्यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढेको छ भने ग्यासको मूल्य यथावत छ।