Skip to content
बाराको जितपुरसिमरा उपमहानगरपालिका–३ स्थित बजनीमा आइतबार बिहान ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा २० वर्षीया ज्योतिकुमारी गुप्ताको मृत्यु भएको छ।
प्रहरीले जानकारी दिएको अनुसार, सिमराबाट जितपुरतर्फ जाँदै गरेको ट्याक्टरले अगाडि बढिरहेको मोटरसाइकललाई ठक्कर दियो।
ठक्करपछि मोटरसाइकल अनियन्त्रित भई अगाडिबाट गुडिरहेको साइकलमा पनि ठोक्कियो।
दुर्घटनामा मोटरसाइकल चालक ज्योति गुप्ता, पछाडि सवार आस्था गुप्ता र साइकल चालक कृष्ण मगर घाइते भएका थिए।
उपचारका क्रममा ज्योतिको बयोधा अस्पतालमा मृत्यु भएको हो भने अन्य दुईको उपचार जारी छ।
Post Views: 127