फोटोन व्यवसायका लागि भरपर्दो

फोटोनले नेपालमा आफ्नो छवि विश्वसनीय कमर्सियल मोबिलिटी पार्टनरका रूपमा अझ मजबुत बनाउँदै आएको छ।

उद्यमी, संस्था र यातायात व्यवसायीहरूका लागि यसको किफायती, टिकाउ र भरपर्दा गाडीहरूले ठूलो सहारा दिइरहेका छन्।

इन्धन मूल्य बढ्दो र सफा सवारीको माग बढेको समयमा फोटोनका इलेक्ट्रिक र कमर्सियल गाडीहरूले व्यवसायलाई कम खर्चमा र आधुनिक रूपमा चलाउन मद्दत गरिरहेका छन्।

सानो व्यवसाय चलाउनेहरू पनि फोटोनबाट ठूलो फाइदा भेटिरहेका छन्।

बनेपाका जितबहादुर तामाङका अनुसार फोटोन पिकअपले राम्रो आराम, बलियो ब्रेकिङ र उकालो–ओरालो दुबैमा उत्कृष्ट नियन्त्रण दिन्छ।

डिजेल–पेट्रोल गाडी छाडेर फोटोन ईभी लिएपछि मर्मत र इन्धन खर्च धेरै घटेको छ।

घरमै चार्ज गर्न सकिने हुँदा दैनिक काम झन सजिलो भएको उनले बताए।

शैक्षिक संस्थाहरूले पनि सुरक्षित, शान्त र कम्पनरहित सवारीका कारण फोटोन ईभी भ्यान रोजिरहेका छन्।

रेहडन एजुकेसन फाउन्डेसनका प्रशासक तिलकराम सिंखडाले अभिभावकहरूले डिजेल भ्यानको तुलनामा फोटोनलाई धेरै आरामदायी र सुरक्षित ठानेको बताए।

बलियो ब्याट्री, राम्रो एसी र आधुनिक सुविधाले यसलाई विद्यालय यातायातका लागि उत्कृष्ट विकल्प बनाएको छ।

अनुभवी यातायात व्यवसायीहरू पनि फोटोनबाट निकै सन्तुष्ट छन्।

समाखुसीका २५ वर्षका अनुभवी चालक इस्वर प्रसाद न्यौपानेका अनुसार फोटोन ईभी भ्यान चलाउन सहज छ र आराम “भीआईपी जस्तै’’ महसुस हुन्छ।

ब्याट्री रेन्ज दिनभर काम चल्ने जत्तिकै हुन्छ र चार्जिङ स्टेसनहरू पनि सजिलै भेटिन्छन्।

उनका अनुसार गाडीले सुरुदेखि नै भरोसा दिलाइरहेको छ।

उत्कृष्ट प्रदर्शन, इलेक्ट्रिक दक्षता र देशभर उपलब्ध सेवाका कारण फोटोनले नेपाली व्यवसायलाई खर्च घटाउन र दिगो भविष्यतर्फ जान सहयोग गरिरहेको छ।

फोटोनका अधिकृत वितरक एमएडब्लू वृद्धि कमर्शियलले देशभर शोरूम र सेवा केन्द्र विस्तार गर्दै गुणस्तरीय गाडी र उत्कृष्ट सेवा उपलब्ध गराइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *