होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ् कम्पनीले नेपाली बजारमा ‘होन्डा अल न्यु सीआर–भी’ को बिक्री औपचारिक रूपमा सुरु गरेको छ।
कम्पनीका अनुसार ग्राहकको बढ्दो मागलाई ध्यानमा राखेर नयाँ मोडेल नेपालमा ल्याइएको हो।
यस नयाँ एसयूभीमा १.५ लिटरको पेट्रोल टर्बो इन्जिन प्रयोग गरिएको छ।
भित्री भागमा वेलकम सिट, फुल एलइडी लाइट, पानोरामिक सनरुफ जस्ता लक्जरी सुविधाहरू छन्।
यात्रुको स्वास्थ्यका लागि प्लाज्मा क्लस्टर प्रविधि पनि छ, र १० वटा एयरब्यागले सुरक्षा स्तरलाई अझ बलियो बनाएको छ।
२१० mm ग्राउण्ड क्लिअरेन्स भएकाले कच्ची बाटोका लागि पनि उपयुक्त मानिन्छ।
गाडीमा १०.२ इन्चको TFT टच डिस्प्ले, ड्राइभर मेमोरी सिट, र १२ बोस प्रिमियम स्पिकर जस्ता फिचरहरू राखिएका छन्।
सुरक्षा पक्षमा ADAS लेभल २ समावेश भएकाले यात्रालाई सुरक्षित बनाउँछ। ७ सिटर भएकाले ठूलो परिवारका लागि पनि सुहाउँदो विकल्प बन्न सक्छ।
कम्पनीले आधुनिक प्रविधि र प्रिमियम सुविधा भएको गाडी नेपाली बजारमा ल्याउन निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।
नयाँ सीआर–भी नेपाली एसयूभी बजारमा लक्जरी र पर्फर्मेन्स दुवैको नयाँ स्तर कायम गर्ने दाबी गरिएको छ।
यो गाडी कालो, सेतो, निलो र सिल्भर गरी चार रङमा उपलब्ध हुनेछ। परीक्षण सवारी चाहने ग्राहकले धोबीघाट, ललितपुरस्थित होन्डा शोरुममा सम्पर्क गर्न सक्नेछन्।
Post Views: 148