इनड्राइभले काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा ‘प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेन’का विजेताहरूलाई पुरस्कार हातमा पारेको छ।
क्याब ड्राइभर श्रेणीमा हरि पाण्डेले टाटा एक्सप्रेस–टी इभी जिते भने बाइक/मोटो राइडर श्रेणीमा आकाश तामाङले टिभिएस रेडर जितेका छन्।
दुवैले तीनवटै चुनौती सप्ताहमा लगातार प्लेटिनम स्टाटस कायम राखेका कारण ग्रान्ड प्राइजका लागि छनोट भएका हुन्।
यस्तै, क्याम्पेनमार्फत अन्य ड्राइभर पार्टनरहरूले पनि साप्ताहिक पुरस्कार पाए—
१५ जनाले वनप्लस नर्ड CE4 Lite 5G
३० जनाले अल्टिमा एटम १९२ इयरबड
३० जनाले अल्टिमा नोभा प्रो स्मार्टवाच
इनड्राइभ नेपालकी सिनियर ड्राइभर रिटेन्सन स्पेसलिस्ट सुनिता जीमी राईले ड्राइभरहरूलाई शुभकामना दिँदै भनिन् कि इनड्राइभको सफलताको मुख्य आधार ड्राइभर पार्टनरहरू नै हुन्, र उनीहरूको समर्पणको सम्मान गर्न यो अभियान चलाइएको हो।
यो क्याम्पेनले ड्राइभर समुदायलाई हौसला दिने, उनीहरूको सहभागिता र प्रतिबद्धतालाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको थियो।