भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ को स्थलगत निरीक्षणपछि धनुषा–सिरहा जोड्ने कमला नदीको पुल तीन महिनाभित्रै पूरा गर्ने निर्माण कम्पनीको प्रतिबद्धता सार्वजनिक भएको छ।
यो पुल २०६८ सालमा तीन वर्षमा बनाउने सम्झौता भए पनि १४ वर्ष बितिसक्दा अधुरो थियो।
मन्त्री घिसिङले निरीक्षणमा स्थानीयले भोग्दै आएको जोखिम र असुविधा प्रत्यक्ष देखे। आवश्यक परे अस्थायी आवतजावतका विकल्पबारे छलफल भएको छ।
निर्माण कम्पनी लुम्बिनी बिल्डर्स का सञ्चालक विष्णुप्रसाद शर्माले तीन महिनाभित्र पुल सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे।
पुलको कुल लम्बाइ ४६९ मिटर हो, हालसम्म ८३% भौतिक र ८२% वित्तीय प्रगति भएको छ।
मन्त्री घिसिङले नियमित अनुगमन र आवश्यक सहयोग गर्दै पुल निर्माण समयमै सम्पन्न गरिने प्रतिबद्धता जनाए।