युरो–६ कार्यान्वयन सूचना

नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ (युरो ६) लागू भइसकेको जानकारी सबैलाई छ।

बन तथा वातावरण मन्त्रालयले मिति २०८२/०३/०९ मा राजपत्रमार्फत यो मापदण्ड लागू गरेको थियो।

यसपछि, अर्थ मन्त्रालयले मिति २०८२ असोज १० गते राजपत्रमार्फत युरो–६ लागू हुनु अघि प्रोफर्मा इन्भ्वाइस भइसकेका सवारी साधन, साथै नेपालमै एसेम्बल/उत्पादन हुने सवारी साधन तथा त्यसका लागि आवश्यक पार्ट-पूर्जाहरू को हकमा २०७८ मंसिर १५ गतेसम्म पुरानै मापदण्ड अनुसार आयात गर्न पाइने व्यवस्था गरेको छ।

यस आधारमा, तोकिएको समयभित्र आफूसँग बाँकी रहेका सवारी साधनहरूको भन्सार जाँचपास छिटो गर्न नाडाले आग्रह गरेको छ।

नाडाले यो विषयमा बन तथा वातावरण मन्त्रालय र अर्थ मन्त्रालयसँग पत्राचार गरी आवश्यक पहल जारी राखेको जानकारी पनि दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *