अग्नि ग्रुपले ‘परान’ हेरे

नेपाली चलचित्र परानले सम्पूर्ण परिवारको ध्यान खिचेको छ। चलचित्रले एक्लै, साथी वा परिवारसँग हेर्ने परम्परा मात्र नभई ठूलो समूह र कार्यालयका कर्मचारीले सँगै हेर्ने नयाँ परम्पराको थालनी गरेको छ।

यसै क्रममा, अग्नि ग्रुपले आफ्ना २५० कर्मचारी र उनीहरूको परिवारसहित बिहीबार सिभिल मलमा परान चलचित्र हेरेको छ।

अग्नि ग्रुपकी कार्यकारी निर्देशक सुसन वैद्य श्रेष्ठले भनिन्– “फिल्मले नेपाली समाजको मौलिक कथा देखाएको छ र विदेश जाने सोचलाई निरुत्साहित गर्न सन्देश दिन सफल भएको छ।

यस्ता सन्देशमूलक फिल्महरू उद्योगमा आवश्यक छन्।”

चलचित्रमा जीवनको उत्तरार्धमा सन्तानको माया खोजिरहेका एक बाबुको भावनात्मक यात्रा देखाइएको छ। वरिष्ठ अभिनेता नीर शाहले मुख्य भूमिका निभाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *