आयसर मेगा सर्भिस क्याम्प

बतास एम.ए.डब्ल्यू. कमर्सियल भेइकल्सले आयसर (AISER/EICHER) का ग्राहकहरूका लागि राष्ट्रिय मेगा सर्भिस क्याम्प आयोजना गर्ने भएको छ।

क्याम्प मंसिर १७ देखि २९ गतेसम्म देशभरका सबै आयसर एक्सक्लुसिभ वर्कसप र शाखाहरूमा चल्नेछ।

यस क्याम्पको उद्देश्य सवारी साधनको कार्यक्षमता बढाउनु, राम्रो बिक्री–पछिको सेवा दिनु र ग्राहक सन्तुष्टि सुनिश्चित गर्नु हो।

क्याम्प अवधिमा ग्राहकले निःशुल्क सर्भिस र विभिन्न आकर्षक छुटहरू पाउनेछन्।

उपलब्ध छुट तथा सुविधा:

  • स्पेयर पार्ट्समा १२% छुट

  • अन्य लुब्रिकेन्ट्समा १८% छुट

  • आयसर लुब्रिकेन्ट्समा २५% छुट

  • ठूला मर्मतका ज्यालामा २०% छुट

  • निःशुल्क बम्पर–टु–बम्पर चेकअप

  • ३५-पोइन्ट इन्सपेक्सन

  • सर्भिसमा सहभागी हुने सबैलाई निःशुल्क विन्डचिटर

कम्पनीका अनुसार, यो क्याम्पले आयसर ग्राहकलाई सवारी उत्कृष्ट अवस्थामा राख्न र सेवामा सन्तुष्टि बढाउन मद्दत गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *