बर्दियामा बाइक दुर्घटनामा मृत्यु

बर्दियामा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् र पाँच वर्षीया छोरी घाइते भएका छन्।

मृत्यु भएकी महिला कैलाली भजनी–१ की करिब ३० वर्षीया सपना सुनार हुन्। मोटरसाइकल चालक उनका श्रीमान् ३६ वर्षीय चञ्चल सुनार र छोरी कृष्ण सुनारलाई बर्दिया अस्पतालमा उपचार भइरहेकाे छ।

गुलरिया–नेपालगन्ज सडकखण्डको गुलरिया–११ भादानदी नजिक मोटरसाइकल लडियामा ठोक्किँदा दुर्घटना भएको हो। सपनालाई गम्भीर टाउको चोट लागेकाले उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न लडिया चालक, गुलरिया–५ बालापुरका ४५ वर्षीय कर्ण थारूलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *