धनकुटामा हायस दुर्घटना

धनकुटाको पाख्रीवास–५ भैँसेमा हायस माइक्रोबस दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। काठमाडौंबाट खाँदबारी जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको हायस आज बिहान ६:१० बजे अनियन्त्रित भएर करिब ६०–७० मिटर तल खसेको थियो।

दुर्घटनामा संखुवासभा सभापोखरी–२ की ८२ वर्षीया सावित्रा कालाखेती गम्भीर घाइते भइ उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको प्रहरीले बताएको छ।

दुई जना गम्भीर घाइते छन्—खाँदबारी–७ का ५० वर्षीय रत्नबहादुर विक र चालक ४० वर्षीय दिपेन्द्र बुढाथोकी। दुवैलाई धनकुटाबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लागिएको छ।

अन्य १२ जना मध्यम वा सामान्य घाइते भएका छन्, जसमा महिला, बालबालिका र केही प्रहरी जवान पनि रहेका छन्। सबैको शरीरका विभिन्न भागमा चोट लागेको छ।
सडक अवरुद्ध नभएको र हायस दुर्घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *