मेरोअटो राइड विथ प्रोफेसनलको तेस्रो संस्करण मंसिर ५ गते शुक्रबारबाट सुरु हुँदैछ।
अटोमोटिभ्स प्रालिले हरेक वर्ष गर्दै आएको यो राइड यसपटक काठमाडौंदेखि दोलखाको खरिढुङ्गासम्म आयोजना हुने भएको हो।
कम्पनीका प्रबन्ध निर्देशक हरि गजुरेका अनुसार राइड बिहान ९ बजे भृकुटीमण्डपबाट सुरु भएर धुलिखेल–पाँचखाल–दोलालघाट–खाडीचौर–मुडे हुँदै खरिढुङ्गामा सम्पन्न हुनेछ।
उनका अनुसार कर्पोरेट क्षेत्रमा काम गर्ने प्रोफेसनलहरूलाई एकै प्लेटफर्ममा ल्याई आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले यो राइड निरन्तर आयोजना हुँदै आएको हो।
उनी भन्छन्, “राइडको मुख्य लक्ष्य चर्चामा नआएका पर्यटन स्थानलाई पहिचान र प्रवर्द्धन गर्नु हो।” आगामी वर्षहरूमा पनि राइड जारी राखिने उनले बताए।
कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक तथा खेलकुद गतिविधिहरू पनि रहनेछन्।
राइडलाई रोयल एनफिल्ड, हिरो, बजाज, यामाहा, टीभीएस र होन्डाले सपोर्ट गरेका छन्। हेल्मेट पार्टनर हेड्ज हेल्मेट (श्री अम्बा ग्रुप) र हस्पिटालिटी पार्टनर धुलिखेल माउन्टेन रिसोर्ट (DMR) रहेका छन्।
मेरोअटो राइडको पहिलो संस्करण २०८० मा सोलुखुम्बुको पताले र दोस्रो संस्करण गत वर्ष रसुवाको ब्राबलमा आयोजित गरिएको थियो।
Post Views: 203