लामो समयदेखि अटो पत्रकारितामा सक्रिय रहेर देशभर सेवा दिँदै आएका अटो नेपाल मासिक पत्रिकाका प्रकाशक रोशनकुमार श्रेष्ठ छैटौँ जिनियस म्युजिक अवार्डबाट सम्मानित भएका छन्। कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
श्रेष्ठ अटो क्षेत्रमा मात्र नभई सामाजिक सेवामा पनि निरन्तर सक्रिय छन्। उनी लायन्स क्लब अफ अटो सोशल फ्रेन्ड्सका संस्थापक अध्यक्ष, अटो नेपाल पत्रिकाका प्रकाशक तथा लायन्स इन्टरनेशनल, डिष्ट्रिक जेका कर्पोरेट कम्युनिकेशन प्रमुखका रूपमा पनि आवद्ध छन्।
सम्मानप्राप्तपछि श्रेष्ठले आफूले गरेको योगदान र पेशागत समर्पणको मूल्यांकन भएर सम्मान पाउनु गर्व र प्रेरणाको क्षण भएको बताए।
Post Views: 213