चितवन अटोमोवाईल्स एशोसियसनको २४ औ वार्षिक साधारण सभा तथा १३ औ अधिवेशनवाट नव-निर्वाचित अध्यक्ष मोहन के सी, पदाधिकारि तथा सदस्यहरुको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भयो।
भरतपुर महानगरपालिका वार्ड नं २ का विकासप्रेमि अध्यक्ष तथा संस्थाका पुर्व उपाध्यक्ष आदरणिय मनोज रानाभाटको प्रमुख आतिथ्यता, निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अटोमोवाईल्स साकोसका अध्यक्ष कृष्ण प्रसाद काफ्लेको विशिष्ट आतिथ्यता, निर्वाचन समितिका सदस्यद्वय चितवन उद्योग वाणिज्य संघका
निवर्तमान अध्यक्ष चुन नारायण श्रेष्ठ, कार्यकारि निर्देशक निल के सी, संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहकारहरुको आतिथ्यता सहित विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरुको भव्य उपस्थिति रहेको थियो।