जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत चलिरहेको नेपालको अग्रणी इलेक्ट्रिक सवारी ब्रान्ड ‘प्रोटोन ईमास’ले विशेष एक्सचेन्ज अफर कार्यक्रम घोषणा गरेको छ।
यो कार्यक्रम नोभेम्बर २१ देखि २३ सम्म काठमाडौँको ज्ञानेश्वरस्थित ATIC मा सञ्चालन हुनेछ।
तीन दिनसम्म चल्ने कार्यक्रममा पुरानो सवारी नयाँ EV सँग एक्सचेन्ज गर्न इच्छुक ग्राहकलाई प्रोटोन ईमासका फिचर, सेवा सुविधा र अफरका फाइदाबारे विस्तृत जानकारी दिइनेछ।
एक्सचेन्ज अफर रु. ४६.९९ लाखदेखि सुरु हुनेछ।
प्रोटोन ईमास ७ मा १६० kW मोटर पावर, १८० mm ग्राउन्ड क्लिरेन्स तथा ४९२ र ५८५ NEDC रेन्ज विकल्प छन्।
उन्नत सुरक्षा, प्रिमियम डिजाइन र ४६१० mm लम्बाइसहित यो EV आधुनिक र भरपर्दो मानिन्छ।
यस अफरमार्फत ग्राहकहरूले अत्याधुनिक EV मा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउनेछन्।