जिली डिलर बुटवलमा उद्घाटन

नेपालमा जिली EX5 इलेक्ट्रिक भेहिकलको आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले देशभर डिलर नेटवर्क विस्तार गर्ने रणनीतिअन्तर्गत बुटवलका लागि सोमार्जुन मोटर्सलाई आधिकारिक डिलर घोषणा गरेको छ।

 

यसै अवसरमा सोमार्जुन मोटर्सले नयाँ बनेको शो–रूमको औपचारिक उद्घाटन गरेको छ, जसले अब बुटवल र आसपासका क्षेत्रमा जिली EX5 EV स्थानीय स्तरमै उपलब्ध गराउनेछ।

एलआरआर मोटर्सले यस वर्षभित्र १४ वटा नयाँ डिलर नियुक्त गर्ने योजनाको पहिलो चरणको रूपमा आजको उद्घाटनलाई महत्वपूर्ण उपलब्धि मानेको छ।

उद्घाटनकै दिन सोमार्जुन मोटर्सले दुईवटा जिली EX5 Max ग्राहकलाई हस्तान्तरण गरेको छ।

पहिलो दिनमै भएको बिक्रीले यस क्षेत्रमा जिली ब्राण्डप्रतिको आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ।

 

नयाँ डिलर–शो–रूमले जिलीका EX5 Max र EX5 Pro मोडेलहरूको बिक्री, बिक्री–पछिको सेवा तथा स्पेयर पार्ट्स सहज रूपमा उपलब्ध गराउनेछ।

सोमार्जुन मोटर्सका सीईओ अर्जुन भूषालले भने,
“एलआरआर मोटर्सको आधिकारिक डिलर बन्नु हाम्रो लागि गर्वको विषय हो। हामी बुटवलका ग्राहकलाई विश्वस्त, आधुनिक र सुरक्षित EV विकल्पका रूपमा EX5 उपलब्ध गराउँदैछौं। यसको गुणस्तर र भरपर्दोपनाले यसलाई क्षेत्रमा अत्यन्त आकर्षक मोडेल बनाउनेछ भन्ने पूर्ण विश्वास छ।”

एलआरआर मोटर्सका निर्देशक जीवन जंग शाहीले जिली ब्राण्ड विस्तारमा सोमार्जुन मोटर्सजस्तो सक्षम साझेदार अत्यन्त आवश्यक भएको बताए।

उनका अनुसार, “सोमार्जुन मोटर्सको स्थानीय विश्वसनीयता र ग्राहक–सेवाप्रतिको समर्पणले पश्चिम क्षेत्रको EV बजार विस्तारलाई अझ प्रभावकारी बनाउनेछ।”

सोमार्जुन मोटर्सले जिलीको अन्तर्राष्ट्रिय मापदण्डअनुसार अनुभवी जनशक्ति, आधुनिक वर्कसप, बिक्री–पछिको सेवा र स्पेयर पार्ट्स उपलब्ध गराउने व्यवस्था गरेको छ।

कम्पनीका अनुसार, बुटवलमा जिली EX5 उपलब्ध भएपछि ग्राहकले अब सहज सेवा, गुणस्तरीय पार्ट्स र उत्कृष्ट बिक्री–पछिको सेवा एकै ठाउँबाट पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *