Skip to content
मुग्लिन–पोखरा सडकको पृथ्वी राजमार्गमा बन्ने सबैभन्दा लामो आर्क डिजाइनको मादी पुलको काम तीव्र हुँदै गएको छ।
पर्यटन आकर्षण बढाउन पुललाई कलात्मक आर्क शैलीमा बनाइँदैछ। अहिले पुलको ७२% काम सकिएको परियोजना कार्यालयले जनाएको छ।
व्यास–४ र ५ जोड्ने चार लेनको यो पुल ३१५ मिटर लामो हुनेछ।
काम समयमा नसकिएपछि ११ महिना म्याद थपिएको छ र पछिल्लो थपिएको म्यादभित्रै निर्माण पूरा गर्ने लक्ष्यसहित काम भइरहेको इञ्जिनियरहरूले बताए।
वर्षायामका कारण केही समय निर्माण रोकिए पनि दसैँपछि काम फेरि तीव्र रूपमा अघि बढाइएको छ।
पुलमा छ वटा स्पान रहनेछन्। निर्माण कम्पनीले २०७९ साउनमा १ अर्ब २१ करोडमा ठेक्का लिएर तीन वर्षमा पूरा गर्ने सम्झौता गरेको थियो।
हाल प्रयोगमा रहेको ३७० मिटर लामो दुई लेनको पुलभन्दा करिब ५० मिटर टाढा नयाँ पुल निर्माण भइरहेको छ।
पूर्वी खण्डमा आँबुखैरेनी–जामुनेसम्म १३ वटा पुल निर्माण भइसकेका छन् र ४१.४५ किलोमिटर सडक कालोपत्र पनि सकिएको छ।
यो खण्डको ठेक्का चीनको CCCC कम्पनीले पाएको हो।
Post Views: 177