तनहुँका सडक परियोजना ढिला

तनहुँका तीन ठूला सडक परियोजनाहरू लामो समय भयो सुरु भएको, तर अहिलेसम्म पनि सम्पन्न हुन नसकेपछि यी परियोजनालाई ‘समस्याग्रस्त’ सूचीमा राखिएको छ।

गण्डकी प्रदेश सरकारको बजेटमा बनाइँदै आएका यी सडकहरू समयमै नसकिँदा जिल्लामा चुनौती थपिएको छ।

पूर्वाधार विकास कार्यालयका प्रमुख रविन्द्र तिवारीका अनुसार समस्याग्रस्त सडकहरू यसप्रकार छन्:

  • आँबुखैरेनी–छिम्केश्वरी सडक

  • दुलेगौडा–हर्कपुर सडक

  • भानुमार्ग–चन्द्रावती–कुन्छा–कालिमाटी सडक

यी सडकहरूमा वर्षौंदेखि काम सुरु भए पनि समयमा नपुगेपछि पटक–पटक म्याद थपिएको छ। कार्यालयले लगातार ठेकेदारलाई ध्यानाकर्षण गराउँदै आएको बताइएको छ।

१) आँबुखैरेनी–छिम्केश्वरी सडक:

  • सम्झौता: २०७६ मंसिर ६

  • सकिनुपर्ने म्याद: २०७८ फागुन १३

  • अन्तिम म्याद: २०८२ असोज

  • भौतिक प्रगति: ९१%

  • वित्तीय प्रगति: ८९%

  • लागत: ३६ करोड ५ लाख

  • भुक्तानी: ३१ करोड ९२ लाख

२) भानुमार्ग–चन्द्रावती–कुन्छा–कालिमाटी सडक:

  • सम्झौता: २०७६ कात्तिक ४

  • सकिनुपर्ने म्याद: २०७८ माघ १५

  • नयाँ म्याद: २०८२ चैत

  • लम्बाइ: १०.१२ किमी

  • भौतिक/वित्तीय प्रगति: ५०%

  • लागत: २३ करोड २ लाख

  • भुक्तानी: १० करोड ११ लाख

३) दुलेगौडा–हर्कपुर सडक:

  • सम्झौता: २०७६ कात्तिक ४

  • सकिनुपर्ने म्याद: २०७८ माघ १५

  • नयाँ प्रस्तावित म्याद: २०८२ चैत

  • भौतिक/वित्तीय प्रगति: ५०%

  • लागत: २५ करोड ९९ लाख

  • भुक्तानी: १३ करोड ४ लाख

  • कुल दूरी: २३ किमी

काम ढिलो हुनु, बजेट निरन्तर विनियोजन हुँदाहुँदै पनि निर्माण सुस्त गतिमा हुनु, र बारम्बार म्याद थपिनु यी परियोजनाहरू समस्याग्रस्त हुनुको मुख्य कारण मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *